रामेछाप जिल्लाको सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका-६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारको काम जारी रहेकाले क्षतिको विवरण यकिन भइसकेको छैन । बसमा कति जना सवार थिए भन्ने पनि यकिन भइसकेको छैन । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया