आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०८२ बुधबार, ११ फरवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०८२ बुधबार, ११ फरवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ ने.सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ २८ गते तद्अनुसार सन् २०२६ फरवरी ११ तारिख बुधबार फाल्गुन कृष्ण पक्षको नवमी तिथि ९ः५३ पर दशमी तिथि अनुराधा नक्षत्र ११ः०७ पर ज्येष्ठा नक्षत्र व्याघात योग वणि करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः५१ बजे हुनेछ ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखापर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने सम्भावना छ, होसियार रहनुहोला । आफन्तको साथ मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ ।

वृष – नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । आँट र आनन्द वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुनेछ । व्यापार–व्यवसायमा प्रगतिका साथै राम्रै लाभ मिल्ने देखिन्छ । आनन्द बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । परिवारिक सुखले उत्साह बढ्नेछ ।

मिथुन – व्यवसायमा केही उतारचढाव आउने र आर्थिक अभावले केही सताउनसक्ने दिन छ । कृषि तथा पशुपालनमा केही फाइदा होला । स्वास्थ्यगत समस्याले सताउने योग छ, सावधनी अपनाउनुहोला । विद्यार्थी वर्गका लागि अनुकूल समय छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – धैर्यले काम लिने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसायमा विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । सुखद र फलदायी यात्राको सम्भावना छ ।

सिंह – आफन्त एवम् मित्रजनको सहयोगबाट कार्यगति बढ्ने समय छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट पनि सुख मिल्ने देखिन्छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान–सम्मान पाइनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कन्या – आजको दिन साहसिक काममा विशेष आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धनलाभको योग छ । आम्दानीका विभिन्न माध्यम फेलापर्नेछन् । तर, रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य सबल रहला । सुख सुविधाको वस्तु खरिदमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

तुला – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । सभा–समारोहमा मान पुरस्कार प्राप्ति र स्वादिष्ट भोजनको आनन्द मिल्ला । परिवारजनसँग आत्मीयता बढ्ने देखिन्छ । तर आजको दिन आर्थिक अभावले सताउन सक्छ, विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

वृश्चिक – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्ने देखिन्छ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सजगता अपनाउनु उचित हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान हुनेछ । चुनौतीका बाबजुद सामथ्र्य वृद्धि हुनेछ ।

धनु – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नयाँ स्रोत थपिनेछन् भने कामको दायित्व बढ्ने देखिन्छ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ने एवम् मानसम्मान प्राप्त हुने योग छ । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदमा रम्ने मौका जुर्ला ।

मकर – सुख र दुःखको सम्मिश्रणको समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । स्वास्थ्य भने खासै सबल नरहला । विश्वास गरेका साथीसंगीले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने सम्भावना छ, सावधान रहनु उचित होला । भ्रमणमा आकर्षण रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कुम्भ – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । यात्रागत कार्य उपलब्धिमूलक बन्नेछ । काममा उत्साह जागृत हुने देखिन्छ । सन्तानपक्षबाट सुख मिल्नेछ । नियमित काममा जोखिम बढ्न सक्छ । नियमकानूनले साथ दिनेछ ।

मीन – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने देखिन्छ, तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।