‘देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ’ : उपसभापति शर्मा

‘देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ’ : उपसभापति शर्मा


नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन् ।

नेपाली कांग्रेस पाल्पाले शुक्रबार (१ फागुन) तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने जिकीर गरेका हुन् ।

‘हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ’, उपसभापति शर्माले भने- ‘जेनजीको आन्दोलनपछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।’ कांग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उनले बताए । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेपाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाललगायतले आफ्ना धारणा राखेका थिए ।

photo: rss