पेस्तोलसहित पुरी पक्राउ

पेस्तोलसहित पुरी पक्राउ


प्रहरी प्रभाग नागढुङगा (काठमाडौं)बाट खटिएको प्रहरी टोलीले पेस्तोलसहित नागढुङ्गा चेक प्वाइन्टबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

चितवनदेखि काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन् ।

पुरीको झोलाबाट मेड इन अमेरिका लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने चार राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।