आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०८२ आइबार, १५ फरवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०८२ आइबार, १५ फरवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन ३ गते तद्अनुसार सन् २०२६ फरवरी १५ तारिख आइतबार फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः५४ बजेमा हुनेछ । महाशिवरात्रि ।

आजको राशिफल

मेष – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । आवश्यकताअनुसार सामर्थ्य भने वृद्धि हुनेछ । तथापि, काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिने योग छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्नो लागि परिस्थिति केही प्रतिकूल बन्न सक्छ । साझेदारीको काममा आंशिक सफलता मिल्ने देखिन्छ ।

वृष – श्रद्धा र परोपकारमा मन जानेछ भने परिवारजनको साथले काममा उत्साह जगाउला । तर, सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय रहनेछ । सामाजिक क्रियाकलापमा मन जानेछ, जसले प्रतिष्ठाको माहोल सिर्जना गर्ला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मिथुन – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष आकर्षण र सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा मन जाला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै जाँगर चल्ने देखिन्न । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित हुनेछ । रसरागको भाव जागृत हुनेछ । विपरीतलिंगीको साथ–सहयोग रहनेछ ।

कर्कट – पछिसम्म लाभ मिल्ने काममा लगानी गर्ने अवसर प्राप्त हुने समय छ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान समेत पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीसंगतको सहयोगका कारण पराक्रम वृद्धि हुनेछ । आफन्तजनबाट प्रशंसा मिल्नेछ ।

सिंह – मिश्रित फलदायी दिन छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने इमानदार प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा अघिपछिको तुलनामा विशेष सावधानी अपनाउनु उचित होला । चोटपटकको योग भएकोले सावधानी अपनाउनु श्रेयस्कर रहनेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनसक्छ । खेलकूद तथा मनोरञ्जनका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि काममा खासै जाँगर नलाग्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । अनावश्यक भ्रमणमा समय खेर जाने सम्भावना छ । निकटका मित्रहरूको सहयोगले काममा उत्साह जगाउने र रोकिएका काम बन्ने योग रहेकोले सहयोगीजनको साथ लिने प्रयत्न गर्नु उचित होला ।

तुला – कामको चापबाट फुर्सद पाइने र रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा भयका बाबजुद विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । दामपत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । महत्वपूर्ण योजनाको कार्यान्वयनमा ढिलासुस्तीको योग रहेकोले हालका लागि थाती राख्नु उचित होला । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापप्रति आकर्षण बढ्नेछ ।

धनु – आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । पराक्रम वृद्धि भइ प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकार्यमा जोखिम बढ्नेछ । आरोग्यबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – इर्ष्यालुजनले काममा अवरोध गर्नसक्ने समय भएपनि रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । अनुकूलता वृद्धि भइ रोकिएको काम पुनः अघि बढ्नेछ । समस्याको अवस्थामा मित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला । बौद्धिक र रचनात्मक कार्य पनि सार्थक रहनेछ । पारिवारिक समस्या समाधान हुनाले उत्साह बढ्नेछ ।

कुम्भ – सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, पहिलेदेखि रोकिएका काम बन्नाले उत्साह जाग्ने योग छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहला ।

मीन – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत होला । महत्वपूर्ण कार्य चिताएको काम सम्पादन नहुन सक्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखसुविधाको वस्तुमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।