आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८२ बुधबार, १८ फरवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८२ बुधबार, १८ फरवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन ६ गते तद्अनुसार सन् २०२६ फरवरी १८ तारिख फाल्गुन शुक्ल पक्षको प्रतिपदा तिथि शतभिषा नक्षत्र शिव योग बालव करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः५६ मा हुनेछ ।

आजको राशिफल

मेष – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नति हुने देखिन्छ । तर, केही चुनौती देखापर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

वृष – स्वास्थ्य केही कमजोर रहे पनि मेहनतले विभिन्न अवसर जुटाउन सकिने दिन छ । शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहुनेछ । समुदायको हितमा राम्रै काम गरेपनि भेटघाटको चक्करले काममा बाधा गर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । आफन्तको साथ र परिवारिक सुख मिल्नेछ ।

मिथुन – नियमित कार्यमा केही चुनौती देखापरे पनि कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । खर्च लागे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने देखिन्छ । विशेष जिम्मेवारी हात पार्ने मौका जुर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । धर्मकर्ममा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन विशेष जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्ला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिने सम्भावना रहेकोले समय र नियमलाई बेवास्ता नगर्नुहोला ।

सिंह – ब्यस्तता र जोखिम बढ्ने समय छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । सोख पूरा गर्न फजुल खर्च बढ्ने देखिन्छ । आलस्य भाव पैदा हुनाले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । अर्थ संग्रहमा बाधा पुग्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । दौडधुप बढ्नेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । तथापि, प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । व्यापार र उद्योगमा फाइदाको योग छ । कुनैपनि समस्याकको समाधान मिल्नेछ । मित्रहरूका साथ मनोरञ्जनात्मक यात्रा हुनसक्छ ।

तुला – नियमित कर्ममा लगनशील भएर लागिपर्दा दिगो फाइदा उठाउन सकिने समय छ । सुखद समाचारले उत्साह जगाउला । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । ऋणमोचन हुने योग छ । दामपत्यसुख बढ्नेछ भने रसरागको भाव वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।

वृश्चिक – नयाँ काम वा जिम्मेवारी हात पर्नसक्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सोखले खर्च बढाउन सक्छ । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्ने सम्भावना छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु – शुभचिन्तकहरूसँग भेटघाटका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । विगतका कमी–कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । काम बिग्रने भयले सताएपनि आफन्तजनको साथ-सहयोगले सफलता मिल्नेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन केही समस्या देखिएपनि समय मनोरञ्जनपूर्ण रहनेछ । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने देखिन्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – दिन केही चुनौतीयुक्त रहन सक्छ । तार्किक क्षमताले सम्मान दिलाएपनि साँझपख अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउने देखिन्छ । कमजोरीको फाइदा अवसरवादीहरूले उठाउन सक्छन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

मीन – नियमित कामबाट राम्रै लाभ मिल्ने दिन छ । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । तर, सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित होला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्ने देखिन्छ ।