✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन ७ गते तद्अनुसार सन् २०२६ फरवरी १९ तारिक गुरुवार फाल्गुन शुक्ल पक्षको द्वितीया तिथि पूर्वाभाद्रपद नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा भयो र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । राष्ट्रिय प्रजातन्त्र दिवस ।
आजको राशिफल
मेष – पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा रुचि जागृत होला ।
वृष – बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ–समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचार प्राप्तिले उत्साह जगाउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । यात्रागत कार्य सफल बन्नेछ ।
कर्कट – मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ ।
सिंह – जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तथापि, आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । प्रेमभाव बढ्नेछ ।
कन्या – साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तानपक्षबाट सुखको अनुभूति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्नेछ । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ ।
तुला – आजको दिन खासै उत्साहजनक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास होला । कसैसँग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । चोटपटकबाट बच्न विशेष सजगताको खाँचो छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ ।
वृश्चिक – सामाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
धनु – विवेकपूर्ण अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्ने योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्तिका साथै सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
मकर – आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने योग छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभूति होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कुम्भ – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । पराक्रम वृद्धि हुनुका साथै आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने योग छ । परोपकारमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – पारिवारिक सुख मिल्नुका साथै नियमित कार्यमा प्रगति हुने समय छ । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदा नै मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । आरोग्यबल वृद्धि हुनेछ भने रसरागमा आकर्षण रहला ।
प्रतिक्रिया