प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा


पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की कास्की पोखरास्सिथत पोखरा विश्वविद्यालय पुगेकी छन् ।

पोखरा विश्विद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोहअघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नेछिन् । सो सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागिता जनाएपछि प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

photo: rss