✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन ९ गते तद्अनुसार सन् २०२६ फरवरी २१ तारिक शनिबार फाल्गुन शुक्ल पक्षको चतुर्थी तिथि १३ः५४ पर पञ्चमी तिथि रेवती नक्षत्र शुभ योग बव करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ बजेमा भयो र सूर्यास्त साँझ १७ः५८ मा हुनेछ ।
आजको राशिफल
मेष – मेहनती जनका लागि आजको दिन उत्साहजनक रहनेछ । रोकिएको काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ला । विरोधिपक्षको चलखेल बढ्नाले चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्न सकिने समय आएको छ । प्रेम सम्बन्धमा सुधार आउला । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।
वृष – व्यक्तिगत एवम् पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने समय छ । सहयोगीका माध्यमबाट विशेष काम बन्ने र सेवामूलक कामबाट धनलाभ हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्ति हुनेछ । फलदायी यात्राको अवसर जुर्ला । व्यापार-व्यवसायबाट खासै लाभ नहुने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।
मिथुन – आजको दिन अनुकूलता वृद्धि भएको अनुभूति हुनेछ । बोली र व्यक्तित्वको प्रभावले धेरैको मन जित्न सकिएला । मित्रजन सहयोगी बन्नेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ भने चिताएका काम क्रमशः सम्पादन हुनेछन् । आर्थिक उपार्जन हुने योजनामा लगानी बढाउने मौका जुर्न सक्छ, तथापि अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सजग रहनुहोला ।
कर्कट – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परदेशमा हुनेलाई घर–परिवारको यादले अलिक सताउने योग छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । नियमित कार्यमा व्यस्तता वृद्धि हुनेछ । इष्र्या गर्नेले दुःख दिन सक्छन्, सजग रहनुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नाले समस्याको समाधान प्राप्त हुनेछ ।
सिंह – प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्दै हुनुहुन्छ भने अघि बढ्न सक्नुहुनेछ । धेरैलाई लाभ हुने कार्य गर्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मनोरञ्जन एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – आजको दिन केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्ने र हठ गर्ने बानीले समस्या निम्त्याउने योग छ । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । विवादबाट बच्न बोली र व्यवहारमा नियन्त्रण गर्नु हितकर होला । लेखाइपढाइमा प्रगति हुनेछ । नियमित खर्चमा केही बढोत्तरी हुने देखिन्छ ।
तुला – प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला । कर्मबल बढ्नेछ तर कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार पाइने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा ध्यान लगाउनुहोला । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
वृश्चिक – आरोग्यबलका साथै यश–वर्चश्व बढ्ने समय छ । मानसम्मान पनि पाइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ । अनुकुलता वृद्धिका बाबजुद आज आफू केही कमजोर भएको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ । पढाइलेखाइमा चाहेअनुसार समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आय वृद्धि हुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, तर व्यापार–व्यवसायमा लाभ हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विद्याका साथै मान प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । खर्च पनि केही बढ्ला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर – मिश्रित फलदायी समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ, तर नियमित कार्यमा अरूको भर पर्दा धोका हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने देखिन्छ । मान्यजनसँग असमझदारी बढ्ला । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउला, तर खर्चको भार वृद्धि हुने योग छ । आरोग्यबल बढ्नेछ । कुनै कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नु उचित होला ।
कुम्भ – कम उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने योग छ, सजग रहनुहोला । दौडधुप बढ्नेछ र उद्योग-व्यापारमा सामान्य फाइदा मिल्नेछ । बौद्धिक कार्यमा विशेष सफलता मिल्नेछ ।
प्रतिक्रिया