✍ डा. अम्वरिश पोख्रेल
१. नेपालले भौतिक विकास जस्तै; बाटोघाटो पुलपुलेसा निर्माणमा ध्यान केन्द्रित हुनु, अर्थात् ठुला समस्याहरु अरु नै छन् हाम्रा । अझ ती भौतिक विकासबाट ठुलो मात्रामा कमिसन पनि बटुल्न सकिन्छ ।
२. वातावरणको अनुसन्धानलाई कमाउ धन्दा समेत बनाइएको छ नेपालमा । वातावरण सम्बन्धी मुद्दाहरुलाई आर्थिक लाभको अवसरको रूपमा देख्न थालियो, अर्थात् दात्रिनिकायले नेपालीलाई थोरै पैसामा अल्झाए जसले गर्दा कमाउ धन्दा पो सुरु भयो । समस्या झन् झन् बढेर गए । वातावरणको अनुसन्धानलाई कमाउ धन्दा समेत बनाइएको छ नेपालमा ।
३. वातावरणसम्बन्धी मुद्दाहरुमा सहमति नहुनु यसको कारण हो, नेपालले वातावरणका साझा समस्या पहिचान गरेको छैन अहिलेसम्म । यो नेपालको गम्भिर समस्या हो ।
४. वातावरणका समस्याले भुई तहका मान्छेहरु धेरै प्रभावित छन् । तर, नीतिगत रुपमा माथिल्लो वर्गले यसबाट फाइदा लिने गरेको देखिन्छ र उनीहरु नै नीति निर्माण र लागु गर्ने निकाय वा पहुँचमा छन् । अझ केहि नेपालका सरकारी निकायहरुले त वातावरणसम्बन्धी मुद्दाहरुलाई विकासको रफ्तारलाई कम गर्ने कारकको रूपमा पो बुझिरहेका छन्, जुन कुरा उल्टो हो । उल्टो बुझ्नु पर्छ ।
५. राजनीतिक दलहरुको बीचमा वातावरणसम्बन्धी दृष्टिकोण अलग-अलग रहेको बुझिन्छ । तर उनीहरुलाई थाहा छ समस्या छ भन्ने कुरा । उनीहरु निकटका विज्ञहरुले विज्ञको रुपमा सल्लाह सुझाव वा नीति दिनुको सट्टा पार्टीगत रुपमा अल्पकालीन सुझाव दिएको हुनुपर्छ । वा उनीहरुले पार्टीहरुलाई मुख्य समस्यामा गम्भीर वनाउन सकेका छैनन वा त्यो औकात र हैसियत दुवै उनीहरुसंग छैन । वा मतलव छैन । वा दुवै कुरा हुन सक्छ ।
अस्तु !
प्रतिक्रिया