मृत अवस्थामा फेला पऱ्यो पोथी चितुवा

मृत अवस्थामा फेला पऱ्यो पोथी चितुवा


गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा मंगलबार (१२ फागुन) चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए ।

स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको चितुवाको उमेर करिब एक वर्ष हुनसक्ने जनाइएको छ ।

photo: rss