‘वर्ल्ड जुनियर टेनिस प्रतियोगिता’मा सहभागिताका लागि टेनिस टोली भियतनाम जाने

‘वर्ल्ड जुनियर टेनिस प्रतियोगिता’मा सहभागिताका लागि टेनिस टोली भियतनाम जाने


भियतनाममा हुने यु-१४ उमेर समूहको ‘वर्ल्ड जुनियर टेनिस प्रतियोगिता’मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।

महिला खेलाडीको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली आज शुक्रबार (१५ फागुन) त्यसतर्फ जानेछ । पुरुष खेलाडीको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । उक्त टोली मार्च ६ तारिखमा त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।