हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना


हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (१६ फागुन) दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।