भ्रामक सूचना सम्प्रेषण गर्ने भट्ट पक्राउ

भ्रामक सूचना सम्प्रेषण गर्ने भट्ट पक्राउ


सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गर्दै समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको हो ।

भट्टउपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।