अस्ट्रेलियाले मध्य पूर्वमा दुई वटा सैन्य विमान तैनाथ गरी आफ्ना नागरिकको उद्वारमा तल्लिन रहेको एएफपीले जनाएको छ । अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भइ क्षेत्रीय युद्ध भड्किएपछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।
अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह गरेको सम्बद्ध अधिकारीहरूलाइ उद्धृत गर्दै जनइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले समेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् ।
उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिएका छन् ।
यसअघि बुधबार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ ।
न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार (५ मार्च) मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथीको आदेश दिएको छ ।
प्रतिक्रिया