आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८२ आइतबार, ८ मार्च २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०८२ आइतबार, ८ मार्च २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन २४ गते तद्अनुसार सन् २०२६ मार्च ८ तारिख आइतबार चैत्र कृष्णपक्षको पञ्चमी तिथि स्वाति नक्षत्र ध्रुव योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा भयो र सूर्यास्त साँझ १८ः८ बजे हुनेछ । अन्तर्राष्ट्रिय नारी दिवस ।

आजको राशिफल

मेष – पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सन्तानसुख मिल्नेछ । आजको दिन सबल स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला ।

वृष – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तर, नियमित कार्यमा ब्यवधान आइपर्न सक्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर उच्च आत्मविश्वासले समस्याको समाधान दिलाउने देखिन्छ ।

मिथुन – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । यात्रा शुभ रहला । आमोदप्रमोदमा रम्ने योग छ ।

कर्कट – सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्नेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।

सिंह – मेहनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साहस वृद्धि हुनेछ, प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहला । धनलाभको योग छ । रमाइलो यात्रा हुनसक्छ, यात्रागत कार्यबाट लाभ मिल्ने देखिन्छ । आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।

कन्या – केही चुनौती वृद्धि हुने समय छ । ब्यस्तता बढ्ला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । दौडधुप बढेपनि कार्यसफलताका कारण मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । खर्चवृद्धिको सम्भावना छ, फजुल खर्च रोक्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।

तुला – आजको दिन नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला । मेहनतीजनका लागि भने राम्रै फाइदा हुने समय छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यता रहनेछ । रचनात्मक कार्य काम बन्नेछ भने रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक – मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा नै हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले सताउन सक्छ । न्यून उपलब्धिले मनमा असन्तोषको भाव जागृत हुनसक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने देखिन्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अप्रत्यासित धनलाभले उत्साह बढ्ने योग छ । आरोग्यबल बढ्नेछ ।

मकर – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । अनावश्यक विवादमा परिने योग छ, सावधानी अपनाउनु हितकर होला । सामथ्र्य वृद्धि हुनाले आयबल बढ्नेछ ।

कुम्भ – आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान गर्न पनि सक्छ । बुद्धि–विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

मीन – व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउनेछ । उन्नति पदोन्नति हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।