✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ ने.सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन २७ गते तद्अनुसार सन् २०२६ मार्च ११ तारिख बुधबार चैत्र कृष्ण पक्षको अष्टमी तिथि ज्येष्ठा नक्षत्र बज्र योग बालव करण आनन्दादिमा ध्वँक्ष योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२० मा र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा, शीतलाष्टमी ।
आजको राशिफल
मेष – चिताएको काम सहजै बन्नसक्ने दिन छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित रहला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्ला । रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृष – अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला । आत्मविश्वास जाग्नेछ भने प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पढाइलेखाइमा भने खासै प्रगति हुने देखिन्न । आफन्तमिलनले खुशी प्रदान गर्ला । लाभदायी कार्यका लागि व्यस्तता वृद्धि हुने योग छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । रचनात्मक क्रियाकलाप एवम् व्यवसायिक कर्ममा प्रगति होला । जागिरमा चाहिँ आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने देखिन्छ । आत्मसम्मान जोगाउन विशेष सचेत रही कार्य गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि एवम् प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।
कर्कट – व्यावसायिक कार्य बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि आजको दिन महत्वपूर्ण काम बन्ने देखिन्छ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिएलान् । पढाइलेखाइमा प्रगति हुनेछ भने परिवारजनसँग आत्मीयता बढ्नेछ । मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । कलासम्बन्धी कार्यमा विशेष मन जाला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
सिंह – मान महत्व वृद्धिको समय भएपनि आजको दिन केही चुनौती सामना गर्नुपर्ला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । मनमा पीडाले डेरा जमाउने योग भएकोले चिन्तारहित हुने स्वप्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेको छ, विशेष सजग रहनु उचित हुनेछ । कतिपय प्रतिकुलताका बाबजुद मनमा रसरागको भाव जागृत हुने देखिन्छ । मित्रजनको सहयोग रहनेछ ।
कन्या – आर्थिक क्षेत्रमा राम्रै लाभ हुने तथा ब्यापार, कृषि एवम् वैदेशिक क्षेत्रमा एकदमै राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । आम्दानी बढ्न सक्छ । साहसिक काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।
तुला – अधुरा काम बन्ने तथा नयाँ जिम्मेवारी हातलाग्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलताका लागि सहज हुने देखिन्छ । कुराकाट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदाको योग छ । पराक्रमका साथै आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोगले सुख वृद्धि गराउला ।
वृश्चिक – खर्च केही वृद्धि हुने सम्भावना रहेपनि उत्साहवद्र्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनाले काममा जाँगर चल्ने देखिन्छ । कर्मबल बढ्नेछ भने श्रमको उचित मूल्याङ्कन होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
धनु – व्यापार बढ्ने, सुखद यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित तुल्याउनुको साथै पराक्रम बढ्ने दिन छ । व्यापार–व्यवसायमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख मिल्ला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । सामथ्र्य वृद्धिका साथै रोकिएको काम बन्ने देखिन्छ ।
मकर – आजको दिन केही चुनौतीयुक्त रहनुका साथै धेरै लगानीपछि कममात्र फाइदा हुनेछ भने समयमा होस नपुग्नाले केही ब्यवधान झेल्नुपर्ला । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन आगो तथा हातहतियारको प्रयोगमा एकदमै सावधान रहनुहोला । आर्थिक संकट पनि पर्नसक्छ । यसका बाबजुद आत्मविश्वास कायम रहनेछ ।
कुम्भ – आजको दिन प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेपनि आम्दानीमा कमी आउने छैन । आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । सकारात्मक परिणामका लागि दौडधुप बढ्ने देखिन्छ । सामथ्र्य वृद्धि हुनेछ । मूलतः आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीन – परिश्रमअनुसार उपलब्धि पनि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । खर्च भने केही बढ्ने र सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्ने देखिन्छ । कुरा काटनेहरु बढ्नेछन्, सावधान रहनुहोला । अवरोध गर्नेहरूको सक्रियताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
प्रतिक्रिया