विदाइको संघारमा रहेको सुशीला सरकारद्वारा गृहमन्त्री अर्यालको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस

विदाइको संघारमा रहेको सुशीला सरकारद्वारा गृहमन्त्री अर्यालको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस


नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार (१ चैत) बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उनको नाम सिफारिस भएको हो ।

स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनित गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।

file photo: rss