‘तलमाथि परे सच्याउने गरी’ कांग्रेसद्वारा समानुपातिकतर्फ २० जनाको नाम सिफारिस

‘तलमाथि परे सच्याउने गरी’ कांग्रेसद्वारा समानुपातिकतर्फ २० जनाको नाम सिफारिस


नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार (१ चैत) बसेको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ ६र६, थारुमा एक, दलित र मधेसीमा तीनरतीन र मुस्लिममा एक जनाको नाम आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुङ्ग्याएका छौँ, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौँ । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौँ’- उनले भनेका छन् ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो । बेठकमा सहमहामन्त्रीहरू बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही र सदस्यहरु ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा. गोपाल दहित, राजेन्द्रकुमार केसी र प्रवक्ता चालिसेले आआफ्नो धारणा राखेका थिए ।