आजको पञ्चाङ्ग एवम् राशिफल (४ चैत २०८२ बुधबार, १८ मार्च २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ चैत २०८२ बुधबार, १८ मार्च २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत ४ गते तद्अनुसार सन् २०२६ मार्च १८ तारिक बुधवार चैत्र कृष्णपक्षको चतुर्दशी तिथि ७ः५८ पर अमावस्या तिथी पूर्वाभाद्रपद नक्षत्र शुभ योग चतुष्पाद करण आनन्दादिमा पद्म योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ मा भयो र सूर्यास्त साँझ १३ः१३ बजे हुनेछ । घोडेजात्रा ।

आजको राशिफल

मेष – मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृष – आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । तथापि, पराक्रममा कमी आउनेछैन । रोकिएको काम मिहनिेतले बन्नेछ । आरोग्यता रहला । प्रतिष्पर्धीले हार खानेछन् ।

मिथुन – महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गोपनीयतामा विशेष ध्यान दिनसके महत्वपूर्ण काम सम्पन्न हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । व्यस्तता बढेपनि रसरागात्मक क्रियाकलाापमा आकर्षण बढ्नेछ ।

कर्कट – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने देखिन्छ । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । सुख वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । प्रतिभाको कदर हुनेछ । रमाइलो भ्रमणमा सरिक होइएला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

कन्या – सुखदानुभूतिले पछ्याउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।

तुला – आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक – केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । नियमित व्यवसायमा फाइदा नै हुनेछ । यात्रामा भने धनमाल हराउने योग छ, सावधानी अपनाउनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

धनु – बौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दाम्पत्यसम्बन्धमा केही चिसोपन आउन सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने देखिन्छ । व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

मकर – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ – दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहला ।

मीन – स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्पर्धी पछि पर्नेछन् । आरोग्यबल बढ्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । सुख बढ्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।