एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ प्रदान गरिँदै

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ प्रदान गरिँदै


jprizeलण्डन । धेरैअगाडिबाट बेलायतमा एनअारएन अार्इसीसी उच्च पदाधिकारीहरू अाउने बखतमा खासगरी विशेष किसिमले सन्दर्भमा राखिँदै अाएकाे एनअारएनए पत्रकारिता पुरस्कार काेषले अहिले एक दिशा पाएकाे छ । अाजैका मितिदेखि ३१ तारिखसम्ममा बुझाइसक्नु पर्नेगरी रचनाहरूकाे अाह्वान गरिएकाे छ । नेपाल पत्रकार महासँघ बेलायत शाखा र गैरअावासीय नेपाली संघकाे विशेष सक्रियतामा स्थापना गरिएकाे भनिएकाे साे पुरस्कारकाे राशी १ लाख १ हजार रूपंया छ, जुन हरेक दुर्इ वर्षमा दिने बताइएकाे छ ।
अाह्वान गरिएकाे पत्रमा भनिएका छ :-
– विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनै पनि भाषामा पत्रकारिता गर्ने नेपाली पत्रकारहरु, पुरस्कारका लागि योग्य हुने छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख, रचना, समाचार आदिलगायत श्रव्य, दृश्य सामांग्रीहरुका आधारमा पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।
– देशमा फैलिएको महामारी तथा राष्ट्रिय विपत्तिका बेला तथा प्रवासी नेपाली जनजीवनलगायत तिनका हकहितका बारेमा प्रकाशित/प्रसारित खोजमूलक सामांग्री, लेख, रचना तथा समाचारहरुलाई प्राथमिकता दिइने छ । पुरस्कारका लागि आहवान गरेपछि तोकेको अवधिमा परेका आवेदनहरुबाट उत्कष्ट रचना छानिने छ ।
– पत्रकारितामा कम्तीमा पाँच वर्ष लगातार काम गरेको पत्रकारहरु मात्र समावेश हुनेछन् ।…….अादि अादि।
एनअारएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ नाम ठूलाे र अाकार सानाे खालकाे देखिएकाे एकातिर छ भने अर्काेतिर, अायाेजकहरू पुरस्कारसम्वन्धी स्वयं नै भ्रममा रहेका लाग्दछन् । प्रकाशित/प्रसारित उत्कृष्ट लेख, रचना, समाचार तथा श्रव्य दृश्य सामांग्रीहरू मध्यबाट सबैभन्दा उत्कृष्ट रचना छानिने एकातिर भनिएकाे छ भने अर्काेतिर साे रचनाकाे रचनाकारकाे उत्कृष्टता पनि छनाेटमा पर्ने भएकाे छ । पाँच वर्षभन्दा माथि पत्रकारितामा काम गरेका निष्पक्ष, तथा कुशल पत्रकारहरू नै साे पुरस्कारका लागि प्रतिष्पर्धात्मक अावेदन दिन सक्ने भनिएकाेले यहाँ रचनाका साथसाथै रचनाकारकाे पनि उत्कृष्टताको छनोट हुने भएकाे छ र जसकाे छनाेट पूर्ण रुपमा विशेष समितिको र गैरआवासीय नेपाली संघको पुरस्कार वितरण उपसमितिको निर्णयको आधारमा हुने भनिएकाे छ । अाफैंमा विराेधाभासपूर्ण एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ काे महत्व तथा गरिमा नै धमिलाे देखिएकाे छ ।
एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५काे स्थापनाकाे लागि संयुक्त रूपमा नेपाल पत्रकार महासँघ बेलायत शाखाकाे हात रहेकाे भनिएकाे भए तापनि त्यसकाे प्रभावमा शाब्दिकता खासै देखिएकाे छैन । बेलायतमा बसेर पत्रकारिता गर्ने स्थानीय नेपाली पत्रकारहरूकाे ठूलाे संख्या साे पुरस्कारबाट वंचित हुने निश्चित छन्, किनकि अावेदक पत्रकारमा हुनु पर्ने गुणकाे अभावमा तिनीहरू पछि पर्नेछन् जसलार्इ अर्काे अर्थमा अभागी पत्रकारहरू मान्न सकिन्छ किनकि यस्ताे विशाल नामकाे पुरस्कार अर्थात् एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५काे लागि सहभागिता नै राख्न नसक्नु निश्चय नै दुर्भाग्य हाे । स्थानीय पत्रकारहरूमा साे दुर्इ दुर्इ वर्षमा दिइने पुरस्कार राशी नै प्रेरणादायक छैन । नेपालमा रहेर पत्रकारिता गरी साे पुरस्कारकाे लागि प्रत्यासी बन्ने अावेदकहरूलार्इ चुन्ने हाे भने, नेपाल पत्रकार महासँघ बेलायत शाखाले गैरअावासीय नेपाली संघका सामाजिक कार्यहरू बगेकाे पानीकाे भेलमा अाफ्नाे हात धुने काम गरेकाे भन्दा ज्यादा देखिँदैन ।
nrn-prize

पुरस्कारकाे लागि अाह्वान गरिएकाे पत्रकाे व्यहाेरा निम्न प्रकारकाे छ :-

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१५ का निम्ति दर्खास्त आह्वान

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघको विशेष सक्रीयतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ का लागि निम्नानुसार योग्यता भएका सञ्चारकर्मीहरुमा यो सूचना जारी गरिएको छ । विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई प्रेरित गर्ने उद्देश्यका साथ स्थापना गरिएको यो पत्रकारिता पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ ।
पुरस्कारका लागि निम्नलिखित आधारहरु तोकिएका छन्–
– विश्वको कुनै पनि भागमा रहेर सञ्चालित प्रकाशन गृहमार्फत पत्रकारिता गरिरहेका कुनै पनि भाषामा पत्रकारिता गर्ने नेपाली पत्रकारहरु, पुरस्कारका लागि योग्य हुने छन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित लेख, रचना, समाचार आदिलगायत श्रव्य, दृश्य सामांग्रीहरुका आधारमा पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।
– देशमा फैलिएको महामारी तथा राष्ट्रिय विपत्तिका बेला तथा प्रवासी नेपाली जनजीवनलगायत तिनका हकहितका बारेमा प्रकाशित/प्रसारित खोजमूलक सामांग्री, लेख, रचना तथा समाचारहरुलाई प्राथमिकता दिइने छ । पुरस्कारका लागि आहवान गरेपछि तोकेको अवधिमा परेका आवेदनहरुबाट उत्कष्ट रचना छानिने छ ।
– पत्रकारितामा कम्तीमा पाँच वर्ष लगातार काम गरेको पत्रकारहरु मात्र समावेश हुनेछन् ।
– सामाजिक सञ्जालबाहेक अनलाइनलगायत छापा, श्रव्य, दृश्य आदि माध्यममा प्रकाशित/प्रसारित भएका वा हुन योग्य सामांग्री प्रतिस्पर्धामा सहभागी गराउन सकिने छ ।
– मौलिक लेखन, उचित श्रोतका प्रयोग, मल्टिमिडियाको प्रयोग, खोजमूलक, अनुसन्धनात्मक, सन्तुलित, निष्पक्ष समाचार लगायतका आधारमा उत्कृष्ट रचनाहरु छानिनेछ । उत्कृष्ट रचनाका अतिरिक्त आवेदकको पृष्टभूमि, अनुभवलाई समेत छनोटको आधार मानिने छ ।
–उत्कृष्टताको छनोट पूर्ण रुपमा विशेष समितिको र गैरआवासीय नेपाली संघको पुरस्कार वितरण उपसमितिको निर्णयको आधारमा हुनेछ, धेरैले पढेको अथवा शेयर भएका भन्दैमा उत्कृष्ट समाचार मानिने छैन ।
– विशेष समितिबाट छानिएका उत्कृष्ट तीन रचनाहरु मध्यबाट संस्थागत, व्यक्तिगत वा संयुक्त रुपमा, १ लाख १ हजार रुपैंया नगद पुरस्कार तथा प्रमाणपत्रसहित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ प्रदान गरिने छ ।
सूचना जारी भएको मितिले चार साताभित्र आफूले लेखेको श्रव्य–दृश्य, समाचार, लेख रचनाहरुका प्रकाशित/प्रसारित सामांग्रीहरुलगायत व्यक्तिगत विवरणसहित निम्न ठेगानामा पठाउनु हुन अनुरोध छ ।
Non Residential Nepali Association,
Pachali Sahid Sukra,
FNCCI Milan Marga
Teku, Kathmandu, Nepal
Email: [email protected]
मिति— ३१ जुलाई, २०१५ (साँझ ६ बजे)
(तोकिएका समयभित्र नआएका रचनाहरुलाई समावेश गरिने छैन)
(आवेदकले आफना रचनाको एक प्रति इलेक्ट्रोनिक कपी अनिवार्य रुपमा पठाउन पर्ने छ)