काङ्ग्रेस संसदीय दलको नेतामा अर्जुन !

काङ्ग्रेस संसदीय दलको नेतामा अर्जुन !


नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी चयन हुने सम्भावना देखिएको छ । प्रतिनिधिसभामा काङ्ग्रेसबाट विजयी कुल ३७ सदस्यमध्ये केसी वरिष्ठतम् र कार्यक्षमताका दृष्टिले समेत अब्बल मानिनुहुन्छ ।

काङ्ग्रेसमा वाकक्षमता भएका सीमित नेतामध्ये एक अर्जुन नरसिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्यहरू मध्ये पर्नुहुने केसीसङ्ग पटक-पटक मन्त्री र सांसद पदको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ । त्यसैले केसीलाई दलको नेता बनाउने मानसिकता सांसदहरूले बनाएको बुझिन्छ ।

तर, देशको इतिहासप्रति कुनै सरोकार नराख्ने नयाँ पुस्ताका कतिपयले भने अर्जुन नरसिंह केसीलाई गगन थापाको ससुराका रूपमा मात्र चिन्दछन् । जबकि काङ्ग्रेसको १३औँ महाधिवेशनमा केसी र थापा अलग-अलग समूहबाट महामन्त्रीको जिम्मेवारीका निम्ति प्रतिष्पर्धामा उत्रनुभएको थियो । उक्त महाधिवेशनमा नेता अर्जुन झिनो मतले पराजित हुनुभएको थियो भने गगन ठूलो मतान्तरले पराजित हुनुभएको थियो ।