निर्वाचनमा पार्टी र आफूले समेत लज्जास्पद हार ब्यहोरेपछि पदबाट राजीनामा दिने सोच बनाएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अन्ततः राजीनामा दिएका छन् । उनले बुधबार (४ चैत) नै पदबाट राजीनामा दिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।
यसैबीच, भोलि शुक्रबार कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।
प्रतिक्रिया