नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (६ चैत) बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
कांग्रेसले उक्त बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई आह्वान् गरेको छ ।
प्रतिक्रिया