सरकार सम्हालेपछिको सुरुआती दिनमा चर्चा पाउन र मतदाताको मन जित्न बालेन्द्रबाट केही लोकप्रिय काम हुनसक्छ, अनि पुराना दलसम्बद्ध नेताहरूलाई अनेक आरोप लगाउँदै थुन्ने छेक्ने गरेर पनि यिनले आफ्नो ‘बहादुरी’ स्थापित गर्न सक्छन् । विपक्षी दललाई उठ्नै नसक्ने गरि ढाड भाँचिसकेपछि यिनको निसाना आफूसम्बद्ध राजनीतिक समूहभित्रका आफ्ना विरोधीतिर सोझिन सक्छ । रास्वपामा सभापतिदेखि अधिकाङ्श अगुवा र पछुवाको पृष्ठभूमि मैलो रहेको बालेन्द्रले राम्रोसँग बुझेका छन् ।
✍ देवप्रकाश त्रिपाठी
शक्तिको मूल श्रोतकेन्द्र कहाँ छ भन्ने तथ्य बालेन्द्र साहले राजनीति नबुझ्दै शायद बुझे, अर्थात् उनलाई बुझाइयो । जनता र जनमत के रहेछ, कसरी तिनको समर्थन प्राप्त गर्न सकिँदो रहेछ र जनता नामको अमूर्त तत्वमाथि कति भर गर्न सकिँदोरहेछ या कति सकिँदोरहेनछ भन्ने पनि यिनले धेरै राम्रोसङ्ग बुझेको हुनुपर्छ । त्यसैले जनता रिसाउने या उनीहरू खुशी हुने कुरासँग बालेन्द्र सरोकार राख्दैनन् । जनताका बीचमा पुग्दै नपुगीकन, पुगेपनि अनुहार देखाएको र हात हल्लाइदिएकै भरमा यी मानिस आफ्नो पछि लाग्छन् भने भोलि त्यसैगरी अरू कसैको पछि लाग्न सक्छन् भन्ने महसूस बालेन्द्रले गरेकै छैनन् भन्ने होइन । महानगरप्रमुख बन्ने बित्तिकै उनी शहीदगेट पुगेनन्, न शोभाभगवति पुगे, न टुँडिखेलमै मान्छे भेला गरेर रमिता देखाउन उचित ठाने, न पशुपतिनाथ र स्वयम्भुनाथको दर्शन गर्न नै आवश्यक देखे ! बरू ‘सेतोघर’भित्र उनले शक्ति देखे, त्यसैले मेयर बन्नेबित्तिकै उनी सेतोघरमा रहेको ‘शक्तिपीठ’को दर्शन गर्न पुगेका थिए ! त्यो सेतोघरको साथ रहँदासम्म राजाको शासन चल्यो, साथ छोडेका दिन राजाले पनि नारायणहिटीबाट हात हल्लाउँदै बिदा लिनुपऱ्यो । सेता मान्छे र सेतोघरको साथ र आशीर्वाद रहँदासम्म कसैको विरोध र असहमतिको अर्थ रहन्न, सिंहदरबार र संसद् भवन नै खरानी बनाइदिएपनि आफूमाथि कानूनको हथौडा चल्न नसक्ने बुझेका हुनाले बालेन्द्र जनसम्पर्क बढाएर सम्भवतः आफ्नो समय र उर्जा समाप्त गर्न चाहँदैनन् । अर्काले बनाइदिएको पार्टीको चुनावचिन्ह लिएर चुनाव लड्ने, तर त्यही दलको नीति, विचार र कार्यक्रमबारे चासो नराख्ने, जुन दलका सांसदहरूको समर्थन लिएर प्रधानमन्त्री बन्नुपर्ने हुन्छ त्यही दलका सांसदहरूलाई नाक-मुख नै नदेखाइकन संसदीय दलको नेता र प्रधानमन्त्री बन्न खोज्ने जुन ‘हिम्मत’ बालेन्द्र देखाउँदैछन्, त्यसले उनलाई प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता एवम् आचरणसङ्ग सरोकार रहेको देखाउँदैन । त्यसैले समय, परिस्थिति र भाग्यको साथ रहिरह्यो भने बालेन्द्र नेपालको ‘बेनिटो मुसोलिनी’ बन्नसक्ने सम्भावना प्रबल छ ।
संविधान पनि आफ्नो आवश्यकताअनुसार प्रयोग, उपयोग या दुरुपयोग गर्न मिल्ने रहेछ भन्ने जानकारी बालेन्द्रलाई राम्रोसङ्ग भएको बुझ्न सकिन्छ । वर्षात्को समयमा हिलोको बाटो हिँड्दा आवश्यकताअनुसार ठाउँ-ठाउँमा टेकेर हिँडेजस्तै संविधानलाई पनि आफ्नो उपादेयताअनुरुप मान्नुपर्ने बुँदामात्र मान्दै-हिँड्दै गर्न पाइने कुराको अनुभव बालेन्द्रले गरिसकेका छन् । त्यसैले निर्वाचन गराइरहने, फिलिपिन्सका मार्कोस र जिम्बाबेका रोबर्ट मुगावेले जस्तो आफैमात्र जितिरहने अवस्थालाई निरन्तरता दिन संसदीय प्रणालीमा नसकिने भयो भने जबर्जस्ती ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ रहने प्रणालीमा देशलाई जाक्न पछिनपर्ने यिनको शैली र स्वभावले दर्शाइरहेको छ ।
काङ्ग्रेस-कम्युनिष्टको उपयोग-प्रयोग हिजो राजसंस्था विस्थापनका निम्ति भएको थियो । तर, राजसंस्था विस्थापन अदृश्य शक्तिको अन्तिम अभीष्ट थिएन, अन्तिम अभीष्ट प्राप्तिका निम्ति राजसंस्था सधैं बाधक बनिरहने हुनाले प्रजातन्त्रको खोजमा रहेका काङ्ग्रेस-कम्युनिष्टलाई प्रयोग गरेर जातीय विभाजन र धर्मनिरपेक्षतासहितको गणतन्त्र स्थापना गर्ने/गराउने कार्य परायाहरूबाट भयो । परायाशक्ति (डीप स्टेट) यतिमै रोकिन चाहँदैनथे, र काङ्ग्रेस-कम्युनिष्टको नेतृत्व उनीहरूको मूल अभीष्ट प्राप्तिमा सहयोगी बन्न खोजेनन् । त्यसैले अराजनीतिक ठेट्नाहरूको जत्थालाई राज्यसत्ताको केन्द्रभूमिमा पुऱ्याएर उनीहरूबाट काम लिने योजना बन्यो । यसक्रममा पुराना दलको विकल्पका रूपमा नयाँ दल खडा गरियो, तिनैलाई ‘पम्पिङ’ र ‘फण्डिङ’ गरी दलहरूलाई सत्ताच्युत गर्न जेन्जीका नाममा विध्वङ्स मच्चाउनेदेखि रहश्यमयी ढङ्गबाट निर्वाचन सम्पन्न गराउनेसम्मको कार्य सम्पन्न भइसकेको छ । ‘डीप स्टेट’को योजनाअनुरुप काम नगरे बालेन्द्रहरू उनीहरूबाटै विस्थापित गरिनेछन् र तिनका योजनाअनुसार काम गरेमा नेपाली जनताबाट नै बालेन्द्रहरूले बिस्थापित हुनुपर्ने हुन्छ ।
सिंहदरबार जलाउनेहरूलाई मतदान गरिदिएर जनताले ‘पुतला शासन’को जग हालिदिएका छन्, अब आफै जल्नुपर्ने दिनको प्रतीक्षा लामो समय गर्नुपर्ने छैन । जातीय आधारको पूर्ण समानुपातिकतासहित दाह्री हालिएका या नहालिएका, कपाल ठाडो पारिएका या नपारिएका, अङ्ग्रेजी प्रयोग गर्ने या नगर्ने कलाकाररुपी पुतलाहरूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी बनाइएपछि औपनिवेशिक राजको तीक्त थालनी हुनेछ । त्यसपछि नागरिकले जल्नका लागि मसानघाटसम्म पुग्नु पर्दैन, घर-घरैमा जल्न पाइनेछ !
सरकार सम्हालेपछिको सुरुआती दिनमा चर्चा पाउन र मतदाताको मन जित्न बालेन्द्रबाट केही लोकप्रिय काम हुनसक्छ, अनि पुराना दलसम्बद्ध नेताहरूलाई अनेक आरोप लगाउँदै थुन्ने छेक्ने गरेर पनि यिनले आफ्नो ‘बहादुरी’ स्थापित गर्न सक्छन् । विपक्षी दललाई उठ्नै नसक्ने गरि ढाड भाँचिसकेपछि यिनको निसाना आफूसम्बद्ध राजनीतिक समूहभित्रका आफ्ना विरोधीतिर सोझिन सक्छ । रास्वपामा सभापतिदेखि अधिकाङ्श अगुवा र पछुवाको पृष्ठभूमि मैलो रहेको बालेन्द्रले राम्रोसँग बुझेका छन् । त्यसैले आफ्नै दलसम्बद्ध अगुवा-पछुवालाई कानूनको डण्डा चलाउँदा स्टालिनले जस्तो ‘विरोधी सिध्याएको’ आरोप यिनले ब्यहोर्नु नपर्ने हुनसक्छ, ‘गल्ती गर्ने आफ्नै पार्टीका मानिसलाई पनि बाँकी नराख्ने’ ब्यक्तिको छवि बनाएर यिनले आफूलाई अझै अग्लो तुल्याउन सक्छन् ! किनकि यहाँ शक्तिशाली बनेका जो कसैका पक्षमा ताली बजाइदिनेको सङ्ख्या सानो हुने गर्दैन । जयप्रकाश मल्ल शक्तिशाली हुँदा ‘हाम्रा राजा प्राण भन्दा प्यारा’ भन्दै रातभरी रथयात्रा गराउनेहरू मध्येरातमा अर्कैले सिंहासन लिइसकेको भन्ने खबर पाउनेबित्तिकै जयप्रकाशलाई बाटैमा अलपत्र छोडेर उज्यालो नहुँदै नयाँ राजाको जयजयकार गर्न पुग्नेहरूको देश हो यो । भीमसेन थापा शक्तिमा रहँदा तिनको पाउ स्पर्श गर्न लालायित मानिस उनको ओरालोदिन सुरु हुनेबित्तिकै धर्मपत्नीलाई नाङ्गै बनाएर शहर घुमाएको रमिता हेर्न बाटोमा निस्कनेहरूको देश हो यो । शरदचन्द्र शाहको एक झलक पाउन दिनभर घाममा उभिनेहरू उनको दिन बिग्रँदा घरमा आगो झोस्न अग्रसर हुनेहरूको देश हो यो !
देश र नरेशको कसमसहित सेवा प्रवेश गरेका बर्दीधारीहरू नरेश नारायणहिटीबाट बाहिरिएको चुपचाप हेरेर बसिरहे, त्यसबखत बर्दीधारीको चरित्र देखेर शायद राजाले निन्द्राबाट ब्यूँझिएको महसूस गरे होलान् ! त्यतिबेला दलहरू दङ्ग थिए – बर्दीधारीको साथ-समर्थन आफूतिर सरेको ठानेर ! भाद्र २४ गते (२०८२) दलका नेताहरूले पनि शायद आफ्नो हैसियत बुझे होलान् ! जननिर्वाचित भएर शक्तिशाली सरकार चलाइरहेकाहरूले आफैलाई हेरेर टिठ मान्नुपर्ने या आफैमाथि दया गर्नुपर्ने अवस्था महसूस गर्नुप¥यो । कति मज्जासङ्ग हाकाहाकी छोडिदिए ‘साथी’ले ! कुनैबेला राजाले पनि यस्तै महसूस गरे होलान् भन्ने कुराको हेक्का दलका नेताहरूले अहिले आएर गरे होलान् ! संयुक्त राष्ट्रसङ्घीय सेवाबाट प्राप्त हुने ‘मेवा’ जति महत्वपूर्ण देश त हुन सकेन भने नेता कसरी महत्वपूर्ण हुनसक्थे, भएनन् !
निर्वाचन कतै राजाका कारण पो रोकिने हो कि भन्ने त्रास र आशङ्का थियो अदृष्य शक्तिमा । त्यसैले राजाले समेत पूरै पत्याउने ब्यक्ति खटिए राजालाई आश्वस्त तुल्याउन । दुई-दुई पटक भेटेर जिम्मेवार अधिकारीले ‘ढुक्क होइबक्सियोस् सरकार, म सब मिलाउँदैछु’ भनिसकेपछि राजाले नपत्याउने कुरा पनि भएन, सम्भवतः अन्तिम पटक पत्याइबक्स्यो, दिन गन्दै बसिबक्स्यो ! अहिले फेरि अर्को एकपटक बर्दीधारीबाट नै धोखा पाइबक्स्यो ।
काङ्ग्रेस र एमालेले कुनै पनि निहुँमा निर्वाचन अस्वीकार गर्न सक्थे, सेता-काला चर्मवाला र सेतोघरलाई सबैभन्दा चिन्ता यही कुराको थियो । अनि सुरु भयो रणनीतिक कलाकारिता ! सरकारमा पुऱ्याइएका ‘मासुका थुप्रा’हरूले दलका नेताहरूलाई खुला र गुप्त रूपले भेटी ‘हजूरहरू बिना देश चल्दैन, यी ठेट्नाहरूको हातमा देश गयो भने त बर्बाद हुन्छ हजूर ! हजूरहरूले नै जित्ने स्थिति पनि छ, यिनिहरूको उफ्रिपाफ्री सामाजिक सन्जालमा मात्र सीमित हो, हजूरहरूले नै आएर राज्य सम्हालिदिनुपर्छ’ भन्नेजस्ता अमृतवाणी छर्किएर सरकारी ‘मासुका थुप्रा’ले नेताहरूलाई मायाजालमा पारिदिए । नेताहरूले सरकार आफ्नो पक्षमा रहेको महसूस गर्न थाले, चुनावमा धाँधली नहुने भ्रम यिनलाई पऱ्यो । उता चुनाव रोक्ने या सार्ने आग्रहसहित सेतोघर पुगेकाहरूलाई त्यहाँ जवाफ मिल्यो- ‘चुनाव सारियो भने त यहाँ भाद्र २४ गतेको भन्दा पनि ठूलो विध्वङ्स हुन्छ हजूर, डेढ-दुई दर्जन उच्च तहका नेता नै मारिन सक्छन्, चुनाव रोक्ने या सार्ने कुरा गर्नुहुन्न ।’ सेतोघरको कुराले नेताहरूको सातो लगेको थियो । निर्वाचन कतै राजाका कारण पो रोकिने हो कि भन्ने त्रास र आशङ्का थियो अदृष्य शक्तिमा । त्यसैले राजाले समेत पूरै पत्याउने ब्यक्ति खटिए राजालाई आश्वस्त तुल्याउन । दुई-दुई पटक भेटेर जिम्मेवार अधिकारीले ‘ढुक्क होइबक्सियोस् सरकार, म सब मिलाउँदैछु’ भनिसकेपछि राजाले नपत्याउने कुरा पनि भएन, सम्भवतः अन्तिम पटक पत्याइबक्स्यो, दिन गन्दै बसिबक्स्यो ! अहिले फेरि अर्को एकपटक बर्दीधारीबाट नै धोखा पाइबक्स्यो ।
आखिर दलका नेता र राजा दुबै झुक्किए ! निर्वाचन भयो, जसलाई सत्ताबाट धेरै टाढा पुऱ्याउनुपर्ने थियो – ती पुगे, र जसलाई भारी मतका साथ सत्तामा पुऱ्याउनुपर्ने थियो – पुऱ्याइए ! यी सब पूर्वनियोजित थिए भनेर नेपाली जनले बुझ्ने कुरा भएन, नेतालाई समेत यो रहस्य बुझ्न अलिक समय लाग्न सक्छ !
राजतन्त्र विस्थापित गर्न नेतातन्त्र ल्याउनुपर्ने थियो, ल्याइदिए । बहुदल र बहुनेता राखेर काम लिन अदृष्य शक्तिलाई निकै मुस्किल परिरहेको थियो । त्यसैले पुतला खडा गरेर पुतलाको नाममा शासन गर्ने योजना अघिबढेको छ । सिंहदरबार जलाउनेहरूलाई मतदान गरिदिएर जनताले ‘पुतला शासन’को जग हालिदिएका छन्, अब आफै जल्नुपर्ने दिनको प्रतीक्षा लामो समय गर्नुपर्ने छैन । जातीय आधारको पूर्ण समानुपातिकतासहित दाह्री हालिएका या नहालिएका, कपाल ठाडो पारिएका या नपारिएका, अङ्ग्रेजी प्रयोग गर्ने या नगर्ने कलाकाररुपी पुतलाहरूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी बनाइएपछि औपनिवेशिक राजको तीक्त थालनी हुनेछ । त्यसपछि नागरिकले जल्नका लागि मसानघाटसम्म पुग्नु पर्दैन, घर-घरैमा जल्न पाइनेछ ! प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष गरी हजारौँ निर्दोष नागरिकको ज्यान लिनेहरूलाई अन्धाधुन्ध मतदान गर्ने र त्यसपछिको दुई दशक देशको समय बर्बाद गर्ने हामी नै हौँ । र अब अँध्यारा कुनाबाट जमरा झैँ उमारिएका ‘एलियन’हरूले देश बनाइदिने भ्रममा अर्को केही दशक देशको समय बर्बाद गर्न उद्यत् हुँदैछौँ । आफ्नै माटोमा जरा हालेर उम्रिएकाहरूले बनाउन नसकेको देश परजीवीहरूबाट बन्ने आशा गर्ने बिचरा हामी नेपाली ! देश रहँदै सद्बुद्धि प्राप्त होस्, जय मातृभूमि !
प्रतिक्रिया