✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ सिद्धर्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत ११ गते तद्अनुसार सन् २०२६ मार्च २५ तारिख बुधबार चैत्र शुक्ल पक्षको सप्तमी तिथि मृगशिरा नक्षत्र आयुष्मान योग गर करण आनन्दादिमा अमृत योग चन्द्रमा वृष राशिमा ९ः२६ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ ।
आजको राशिफल
मेष – नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिने समय छ । रोकिएको काम दोहोऱ्याएर गर्दा लाभ मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने याोग छ । धैर्यसाथ काममा जुट्नु उचित हुनेछ । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । यात्रा सार्थक रहनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – विभिन्न अवसरले पछ्याउने समय भएपनि व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला, तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
मिथुन – खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सबल स्वास्थ्यका लागि सतर्क रहनुपर्नेछ । नियमित कार्यमा जाँगर नचलेपनि जिम्मेवारी भने बढिरहने देखिन्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । विवेकको प्रयोगबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।
कर्कट – आजको दिन बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च पनि वृद्धि हुने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगता अपनाउनुहोला । जोखिम बढ्ने तथा खर्चको तुलनामा कममात्र फाइदा हुने योग छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, ध्यान राख्नुहोला । लेनदेनमा विवाद नगर्नु उचित हुनेछ ।
सिंह – व्यावसायिक आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने कार्य प्रारम्भ गर्न सकिने समय छ । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कलात्मक कर्ममा विशेष सफलता मिल्नेछ ।
कन्या – बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी गर्न सक्छ, आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । पुराना समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ, सजग रहनुहोला । अनावश्यक जमघटले काममा बाधा गर्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – सेवामूलक कार्य वा परोपकारबाट प्रतिष्ठा मिल्ने समय छ । सोचेका काम बिस्तारै बन्नेछन् । नाम, दाम र इनाम मिल्ने योग छ । आज स्वास्थ्य भने केही कमजोर रहला । साझेदारीको काम स्थगित हुनाले मन खिन्न रहला । लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्नुपर्ने देखिन्छ । कमी–कमजोरीमाथि टिप्पणी हुनसक्छ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । सुख सुविधाको बस्तु खरिदमा खर्च वृद्धि हुनसक्छ । सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले महत्वपूर्ण योजना स्थगित हुन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । भूमिसम्बन्धी तथा पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । व्यावसायिक काममा अवरोध आउन सक्छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा होला । साझेदारीको व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तथापि, इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । बौद्धिकताको उपयोगले समस्याबाट सजिलै पार पइनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – नियमित कार्यमा विशेष सफलता प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । नयाँ व्यवसायले दीर्घकालिक लाभ दिनेछ । आज आर्थिक कारोबार राम्रै हुने देखिन्छ । स्वास्थ्य सबल रहला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – अरूको दबाबमा परेपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने समय छ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ ।
मीन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्ने देखिन्छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर होला । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग पनि छ । सोख पूरा गर्न खर्च केही वृद्धि होला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।
प्रतिक्रिया