बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु


बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएका छन् । त्यहाँका प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले जनाएअनुसार दुर्घटना रातको समयमा भएकाले उज्यालो भएपछि मात्र उद्धार कार्य सुरु भएको थियो ।

अहिलेसम्म २३ जनाको शव बरामद गरेको र त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने उनले बताएका छन् । राति उद्धार अभियान केही हदसम्म रोकिएता पनि सेना, अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको बताइएको छ ।

करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको ‘फेरी टर्मिनल’ नम्बर-३ अगाडिबाट पद्मा नदीमा खसेको जनाइएको छ ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेका थिए ।