आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८२ बिहीबार, २६ मार्च २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८२ बिहीबार, २६ मार्च २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ सिद्धर्थीनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८२ चैत १२ गते तद्अनुसार सन् २०२६ मार्च २६ तारिख गुरूबार चैत्र शुक्ल पक्षको अष्टमी तिथि आद्र्रा नक्षत्र शोभन योग बालव करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । अष्टमी व्रत, चैतेदशैँ, गोरखकाली पूजा, श्री श्वेत मत्स्येन्द्रनाथ रथयात्रा, अशोकको पालुवा खाने दिन ।

आजको राशिफल

मेष – खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । अध्ययनमा पछि परिने योग भएकाले सजग रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागको भाव जागृत होला ।

वृष – काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । शुभ समाचार प्राप्त हुने समय छ । आफ्नै प्रयासले लाभ मिल्ने र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । तथापि, नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहने समय छ । भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न होला । मित्र एवम् सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको पनि राम्रै मूल्यांकन होला । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।

कर्कट – इर्ष्यालुजनको मनोबल कमजोर रहनाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने दिन छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै हौसला जगाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ । तथापि, आलोचकहरू बढ्न सक्छन्, व्यवहारमा विशेष सावधानीको दरकार रहनेछ ।

सिंह – परिवारजनसँग आत्मीयता बढ्ने एवम् व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिएला । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने देखिन्छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने योग छ । साहसिक काममा आकर्षण रहला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

कन्या – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलताले पछ्याउला । विशेष मित्रजनबाट विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै होला । वैदेशिक कामकाजमा फाइदा हुनेछ । फलदायी यात्रा गर्ने मौका जुर्नसक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । रसरागको भाव जागृत हुनेछ ।

तुला – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउला । साझेदारीले फाइदा दिलाउनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने योग छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिएर जाला । आयबल वृद्धि हुनेछ । कार्यगति बढ्ने र समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – मिश्रित फलदायी समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर अनावश्यक दौडधुपमा समय बित्नसक्छ, सजग रहनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सोची–सम्भी पाइला चाल्नु लाभप्रद रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । स्वास्थ्य सबल रहनेछ ।

धनु – कर्मबल वृद्धि भइ सोचेअनुसार परिणाम हासिल हुने समय छ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति होला । कुनै विशेष योजना अघि बढाउन खोजिरहनुभएको छ भने उचित समय छ, हिम्मतले काम लिनुहोला । आफ्नै प्रतिभाले फाइदा दिलाउने देखिन्छ । सहयोगीहरू भेटिनुका साथै नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । धन आर्जनको योग छ । प्रेमको बन्धन कसिने एवम् विपरीतलिंगीबाट लाभ मिल्नेछ । आरोग्यबल वृद्धि हुनेछ । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।

मकर – बोली र व्यक्तित्वको प्रभावले फाइदा उठाउन सकिने समय छ । मेहनतले धेरै काम बनाउन सकिएला । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ भने गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । सुख वृद्धि होला । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।

कुम्भ – आजको दिन केही चुनौती बढ्न सक्छ । काम बिग्रने डरले त्यसै–त्यसै सताइरहला । पुरानो कुनै कारणले झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ, सजग रही व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख मिल्नसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । विवेकको सही प्रयोगले शत्रुपक्ष परास्त हुनेछ ।

मीन – बोलीको भरमा काम सम्पादन हुने समय छ । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि जित तपाईंकै हुनेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ ।