राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र साह चयन भएका छन् ।
रास्वपाको आज (१२ चैत) बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता साहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई
यसैक्रममा रास्वपाले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ ।
बिहीबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले जानकारी दिएकी छन् ।
photo: rss
प्रतिक्रिया