राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र साहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
साहलाई प्रधानमन्त्री नियुक्त गरिएको सन्दर्भ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैक्रममा राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भएको छ ।
शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया