पूर्व गृहमन्त्री लेखक प्रहरी नियन्त्रणमा, ओली निवास पनि सुरक्षाकर्मीको घेराउमा

पूर्व गृहमन्त्री लेखक प्रहरी नियन्त्रणमा, ओली निवास पनि सुरक्षाकर्मीको घेराउमा


पूर्व गृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको कटुन्जेस्थित निवासबाट आज (१४ चैत) बिहान ५ बजे प्रहरीले लेखकलाई नियन्त्रणमा लिएको हो ।

बालेन्द्र साहको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पूर्व गृहमन्त्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । हालसम्म सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेको छैन, तर त्यसलाई कार्यान्वयनमा भने उतारिएको छ ।

यसैक्रममा तत्कालिक प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ओलीलाई पनि आज बिहानै नियन्त्रणमा लिनेगरी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा सुत्रले जनाएको छ ।