‘केपी ओलीको पक्राउविरुद्ध एमालेले कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने’

‘केपी ओलीको पक्राउविरुद्ध एमालेले कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने’


नेकपा एमालेको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गरिनुपर्ने माग गरेको छ । आज (१४ चैत) बिहान बसेको बैठकले ओलीप्रति प्रतिशोधपूर्ण ब्यवहार गरिएको आरोपसहित दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गरिने निर्णय गरेको छ ।

यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय बैठकले गरेको छ ।

लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसंग सहकार्य गर्ने एमाले बैठकको निर्णय छ ।

यसैबीच, केपी ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले गरिएको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

photo: rss