पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा


पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ ।

उनलाई आज (१४ चैत) बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । लेखकलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि लेखक सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।