एमालेका सचिव महेश बस्नेतले प्रहरीको हातमा बन्दुक नभइ लाठी मात्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
शनिबार पार्टीअध्यक्ष केपी ओलीको पक्राउविरुद्ध विरोध प्रदर्शनमा एमाले कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरीसँग मुठभेडसमेत भएको छ । एमालेले आइतबार पनि देशब्यापी प्रदर्शन गर्ने जनाएको छ ।
विरोध प्रदर्शनको सन्दर्भमा एमाले नेता बस्नेतले ब्यंग्यात्मक शैलीमा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सधन गुरुङलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बालेन साह र सुदन गुरुङजी, नेपाल प्रहरीलाई बन्दुक होइन लाठी मात्र उपलब्ध गराउनुहोला । आन्दोलन सुरु भइसकेको अवस्था छ । बन्दुक प्रयोग भएमा मानवीय क्षति हुन सक्छ, जसको जिम्मेवारी अन्ततः सरकारकै नेतृत्वले लिनुपर्छ । त्यसपछि आयोग गठन भइ अनुसन्धान हुँदा प्रधानमन्त्री र गृहमन्त्री सम्हाल्ने स्वयं तपाईंहरु नै जेल यात्रामा जानुपर्छ !’
प्रतिक्रिया