नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई आज (१५ चैत) बिहान नियन्त्रणमा लिएको हो ।
केपी ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही समय पहिले नै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको र त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
ज्ञातव्य छ, गत भदौ २४ मा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए । त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत रूपमा अनुसन्धान अघि बढाउन सीआईबीमा फाइल पठाएकाको र त्यसकै आधारमा खड्का पक्राउ परेका सम्बद्ध सुत्रको भनाइ छ ।
लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप खेप्दै आउका खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा पनि विवादमा मुछिएका थिए ।
प्रतिक्रिया