भूकम्प पीडितको सहयोगार्थ 'मेटल फर नेपाल' हुँदै

भूकम्प पीडितको सहयोगार्थ 'मेटल फर नेपाल' हुँदै


11659492_10153471003679282_8845019789379914483_nलन्डन, भूकम्प पीडितको सहयोगार्थ बेलायतका युवा सांगीतिक समूहले आउँदो जुलाई ३१ तारिखका दिन ह्यार्रो फुटबल क्लबमा ‘मेटल फर नेपाल’ नामक सांगीतिक कार्यक्रम गर्ने भएकाछन् । गत आइतबारका दिन वेम्ब्लीस्थित एभरेस्ट लाउन्ज हनी पटमा भएको पत्रकार भेटघाटमा उक्त कुराको जानकारी दिएका हुन् ।
पाँचवटा ब्याण्डहरुको सयुक्त प्रस्तुती रहने उक्त कार्यक्रममा सबैले आ-आफ्नो तर्फबाट रक, मेटल र हार्ड रकजस्ता जोडदार प्रस्तुती पेश गर्नेछन् । ओम ब्यान्डका गीटारिष्ट जिमीका अनुसार उक्त दिन ओम ब्याण्ड, क्यू -बिक्स, हामी, एग्गर र इन्ग्लिश वेदर ब्यान्डको उपस्थिति रहने भएकोछ । करीब डेढ दशक पहिला नै बेलायतमा स्थापित भए पनि बीचमा विभिन्न कारणले निष्क्रिय रहँदै आएको ओम ब्याण्डको हाल आएर पुनर्मिलन भएकोछ । आउँदा दिनहरुमा निरन्तर रुपमा कार्यक्रमहरु प्रस्तुत गर्दै जाने उद्देश्य लिएर एकता गरिएको कुरा ड्रमर टोनीले बताएका थिए ।11008567_10153471002549282_6333315833728857610_n
कार्यक्रमबाट संकलित रकम गैर आवासीयसँग बेलायत मार्फत नेपालमा भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्य रहेको र सकेसम्म भूकम्पबाट क्षेतिग्रस्त बिध्यालायलाइ सहयोग गर्न जोड दिने आफ्नो सोच रहेको कुरा सोही ब्याण्डसँग आवद्द सन्तोष भण्डारीले बताए । सन् १९९८ मा स्थापित भएर सन् २००७ सम्म कार्यक्रमहरु गर्दै आएको र त्यसपछि केही समयको अन्तरालमा पुन एकत्रित भई सोही क्षेत्रमा नै आफूहरुलाई ज्ञान भएको हुँदा यसैलाई साथ लिएर अघि बढ्ने लक्ष्य रहेको कुरा टिमका सदस्य लबिन्द्रले बताए । साँझ ७ बजेबाट शुरु हुने उक्त कार्यक्रममा १० बजेसम्म ५ वटा ब्याण्डहरुले आफ्नो प्रस्तुती पेश गर्नेछन् र १० देखि १२ बजेसम्म डीजेद्वारा सांगीतिक मनोरंजन दिलाउने योजना रहेकोछ ।
कार्यक्रमको लागि १० पाउण्डको टिकट राखिने र साथमा नेपाल जान आउनको लागो हवाइ टिकटको लागि राफल टिकटको पनि व्यबस्था हुनेछ जसको लागि ५ पाउन्डको छुट्टै राफल टिकट लिनुपर्नेछ । सो कार्यक्रम रेड कार्पेट नेपालको ब्यानरमा हुन लागेको कुरा आयोजकहरुले बताएका थिए ।
पत्रकार भेटघाटका क्रममा भएको खाना खर्च तथा हलको नि:शुल्क प्रबन्ध सोही रेस्टुरेन्टका संचालक मिलन भट्टराईले गरेका थिए ।