लण्डन । बेलायतमा अध्यायनरत एकजना नेपाली विद्यार्थीले आफू पढेको विद्यालय पुननिर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । नुवाकोट स्थायी घर भई केही समयदेखि अध्ययनको शिलशिलामा बेलायत रहेका प्रदीप थपलियाले आफू पढेको नुवाकोटस्थित महेन्द्र उच्च माध्यामिक बिद्यालयलाई एकलाख सत्तरी हजार एकसय पञ्चिस रुपैंया सहयोग गरेका हुन् ।
केही समयअघि गएको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालय पुननिर्माणमा थपलियाले सहयोग गरेका हुन । थपलियाका पिता राजेन्द्र थपलियाले गत साता विद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच सहयोग रकम बिद्यालय व्यवस्थापन समितिका सदस्य रमेश पाठकलाई हस्तान्तरण गरेका थिए ।
आफू पढेको विद्यालयको अवस्था देख्दा मनबाटै दुःख लागेर सहयोग पठाएको र उक्त सहयोग रकम क्षतिग्रस्त विद्यालयको पुननिर्माणमा खर्च हुने थपलियाले विश्वास गरेका छन् । सोही बिद्यालय भवनमा आफूले वाल्यकालीन शिक्षा लिएको बताउंदै उनले आफूजस्ता हजारौं बिद्यार्थीहरुले पनि गुणस्तरीया शिक्षा प्राप्त गर्न सकुन भनी सहयोग पु-याएको बताए ।
बिद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आगामी दिनहरुमा पनि आफूले सकेको सहयोग गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया