‘Experience Life with CG’
नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर ‘Experience Life with CG’ नामक विशेष अभियान सार्वजनिक गरेको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम रु. ५६,००० सम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ । यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल (Ariel) डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट (Cooking Kit) र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान (Free Installation) को आकर्षक सुविधा समेत प्रदान गरिएको छ ।
ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ (CG Elex EMI) सुविधा पनि समावेश गरिएको छ । यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।
नेपाली बजारमा निरन्तर विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी ब्रान्डको यस नयाँ वर्ष अभियानले ग्राहकको दैनिक जीवनमा थप सुविधा, मूल्य र सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ । साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सिजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ ।
कम्पनीले जनाए अनुसार यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। यस योजना र उत्पादनहरूबारे थप जानकारीका लागि सिजी केयर (CG Care) को टोल फ्री नम्बरहरू १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ ।
advertorial
प्रतिक्रिया