सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी भएको छ । पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी राणालाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण विभागले माग गरेपछि जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौंले मंगलबार (२४ चैत) देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको बुझिएको छ ।
देउवा दम्पती यतिबेला उपचारका लागि विदेशमा छन् ।
ज्ञातव्य छ, गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा तोडफोड तथा आगजनी भएको थियो । सो क्रममा उनीहरुमाथि कुटपिटसमेत भएको थियो ।
प्रतिक्रिया