प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बारे अपमानजनक अभिव्यक्ति दिएको भन्दै एमालेले विरोध जनाएको छ ।
बैठकको शून्य समयमा रास्वपाका पुरुषोत्तम यादवले एमाले अध्यक्ष ओलीलाई ‘जेलमा रहनुपर्ने अपराधी अस्पतालमा रहेको छ…’ जस्ता अभिव्यक्ति दिएको विषयमा विशेष समयमा एमालेका गुरुप्रसाद बरालले अपराधी करार गर्ने काम सदनको नभएको औंल्याए ।
बरालले अदालती प्रक्रियाबाट किनारा लगाउनुपर्ने विषयमा सदनमा दिइएको अभिव्यक्ति नियमावलीविपरीत भएकाले त्यसलाई अभिलेखबाट हटाउन आग्रह गरे । सभामुख डोलप्रसाद अर्यालले सो विषयमा ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिक्रिया