गैँडाको खागसहित चार जना पक्राउ

गैँडाको खागसहित चार जना पक्राउ


सुनसरीको बर्जु गाउँपालिका-६ बाट बिहीबार राति गैँडाको खागसहित चार जना पक्राउको खागसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिएअनुसार झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु-६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुशन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको जनाइएको छ ।