नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार (४ वैशाख) अर्थ मन्त्रालयमा उनले राजीनामापत्र बुझाएका हुन् ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्गप्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।
प्रतिक्रिया