अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्किएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका पूर्व प्रधानमन्त्री ओली शनिबार (५ वैशाख) उपचारपश्चात घर फर्किएका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।

शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालमा प्रवक्ता डा. सेढाईंले जानकारी दिए ।

ज्ञातव्य छ, गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।

photo: rss