तटीय क्षेत्रमा रहेका सबैलाई सुरक्षित स्थानमा जान प्रधानमन्त्री ताकाइचीको आग्रह
जपानको सान्रिकु तटलाई केन्द्रबिन्दु बनाएर आज (७ वैशाख) दिउँसो शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार दिउँसो ४ः५३ बजे गएको यस भूकम्पको तीव्रता आओमोरी प्रान्तमा ७.५ भन्दा माथि मापन गरिएको जनाइएको छ।

भूकम्पपछि इवाते, होक्काइदो र आओमोरी का प्रशान्त तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । सानाए ताकाइचीले तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई तुरुन्तै सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरेकी छन् ।
सरकारले भूकम्पपछि प्रधानमन्त्री कार्यालयमा संकट व्यवस्थापन केन्द्र स्थापना गरी उद्धार तथा सूचना संकलन कार्य सुरु गरेको छ ।
हालसम्म कुनै ठोस मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन, तर अधिकारीहरूले क्षतिको मूल्याङ्कन जारी राखेका छन् ।
सुनामीको जोखिम अझै कायम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया