‘बालेनका सारथि’ भूपदेव साह रास्वपाको महामन्त्रीमा मनोनित

‘बालेनका सारथि’ भूपदेव साह रास्वपाको महामन्त्रीमा मनोनित


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा ‘बालेनका सारथि’ भनेर प्रचारमा ल्याइएका भूपदेव शाह मनोनित भएका छन् ।

यस्तै, रास्वपाको आज (७ वैशाख) बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनित गरेको छ ।

त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ । बैठकमा सभापति रवि लामिछानेले प्रस्ताव गरेका उक्त प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो । रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदले १५ हजार रुपैयाँ, मन्त्रीले १८ हजार रुपैयाँ र स्वकीयले दुई हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।