गर्मीलाई चुनौती दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’ : नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई चुनौती दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’ : नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक


नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज ‘Frostline’ बजारमा ल्याएको छ । कम्पनीको नयाँ वार्षिक अभियान ‘Experience Life with CG’ अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ ।

सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ Frostline रेन्ज थप गरेको छ । यसका प्रमुख आकर्षणहरू यस प्रकार छन्-

  • विशाल ट्याङ्की (Frostline 110 Ltr & 95 Ltr): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक-पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ।
  • मिड-रेन्ज मास्टर (Frostline 75 Ltr & 55 Ltr): सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइ।

नेपाली बजारमा सीजीका कुलरहरू आफ्नो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै अत्यन्तै लोकप्रिय छन्। सीजीले ग्राहकको फरक-फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर (Desert Cooler), कमर्सियल कुलर (Commercial Cooler), पर्सनल कुलर (Personal Cooler), टावर कुलर (Tower Cooler) र विन्डो कुलर (Window Cooler)गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ। यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन्। नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडलहरूलाई अत्यन्तै रुचाएको र विश्वास गरेको छ। यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ Frostline रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको छ।

मुख्य प्रविधि र विशेषताहरू :

  • डबल बल बेरिङ मोटर (Double Ball Bearing Motor): शक्तिशाली र टिकाउ मोटर जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ।
  • आइस च्याम्बर (Ice Chamber): थप चिसो हावाका लागि विशेष बरफ राख्ने सुविधा।
  • एड्भान्स्ड हनीकम्ब प्याड: उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ।
  • शक्तिशाली एयर थ्रो: कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्‍याउने उच्च गतिको फ्यान।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन्। यस सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै सीजीलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ। ‘Experience Life with CG’ मार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गर्दछ।

advertorial