गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले आज (९ वैशाख) राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले जनाएका छन् । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
उनले भनेका छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।’
हेर्नुहोस् गुरुङको फेसबुक स्ट्याटस जस्ताको तस्तै-

प्रतिक्रिया