लण्डन / दिनांक ११ जुलाई २०१५ को दिन प्लमस्टिड स्थित गेसो कार्यालयमा समाजका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डनको बृहत बैठक सम्पन्न भएको छ । समितिका महासचिव सुमन गुरुङले सञ्चालन गरेको यस बैठकले धेरैे विषयहरु उपर छलफल गरेको थियो । समितिका सल्लाहकार हरी गुरुङका स्व.पिता जुम प्रसाद गुरुङलाई श्रद्धान्जली अर्पण हेतु एक मिनटको मौन धारणा पछि शुरु भएको थियो । समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङले स्वागत मन्तव्य दिईसकेपछि बैठकमा केहि कालदेखि सिकिस्त बिरामी परेका विद्यार्थी, आर्थर डाँडाखर्क, पर्वत जिल्ला निवासी अतुल गुरुङको सहयोगार्थ सल्लाहकार सुमलकुमारको पहलमा उठाईएको १२१० पाउण्डको आर्थिक सहयोग समाजका अध्यक्षबाट हस्तान्तरण गरिएको थियो । महाभूकम्प पीडितहरुका लागि नेपालमा भएको धनजन क्षति सम्बन्धि अनुगमनका लागि खटाईएका संयोजक, समाजका सल्लाहकार योगेश गुरुङ द्वारा विस्तृत रुपमा आफ्नो प्रत्तिवेदन प्रस्तुत गरेका थिए तथा त्यसबारे वृहत छलफल भएको थियो । यद्यपि कैयौ विद्यालय भवनहरु, स्वास्थ्य केन्द्रहरु, घरहरु क्षति भएका तथा जिजिभिषाका यथार्थ चित्रणहरु पेश गरेका थिए । उनलाई महाभूकम्प पश्चता बसेको बैठकले भौतिक पुनरसंरचनका लागि अनुसन्धान गरेर प्रत्तिवेदन पेश गर्ने जिम्मा दिए अनुसार उनले सिन्धु पाल्चोकका २ वटा विद्यालयहरु र गोेरखाको एउटा विद्यालय भवनलाई प्राथमिकता दिएर निर्माण गरिदिने शिफारिस गरेका थिए । उनले आईएसएस कम्पनीलेपनि यस अभियानमा समाजलाई सहयोग गर्ने तथा मिलेर पुनरनिर्माणमा सहभागी हुने ईच्छुक रहेको कुरा बताएका थिए । उनको प्रत्तिवेदनलाई सबैले स्वागत गरे । संयुक्त रुपमा पुनरनिर्माणका लागि समाज र आईएसएसको बैठकले निर्धारण गर्ने कुरामा निर्णय भएको थियो । हालसम्म समाजले १६लाख रुपैया जति सङ्कलन गर्न सफल भएको प्रत्तिवेदन कोषाध्यक्ष मार्फत बैठकलाई जानकारी दिएका थिए । सबैको बोल्ने क्रममा समाजका उपाध्यक्षले आफ्नो गाउँ भाचोक कुब्लिङ बाँजोखेत (Ward Number 6) गाविसका भवनहरु क्षति भएको विवरण पेश गरेका थिए । अन्तमा बैठकले त्यस गाविसका समाज भवन निर्माणका लागि तीन लाख छुट्याएर बाँकि बचेको १३लाखजतिको रकम गोर्खाको जनज्योती उच्च माध्यमिक विद्यालाय निर्माणका लागि सहयोग दिने कुरामा सहमति भएको थियो । त्यसपछि अब २ अगस्त २०१५का दिन नेपाली युथ एसोसिएशन, यूके तथा दक्षेपू तमुधिं लण्डनको संयुक्त आयोजनामा सम्पन्न हुन गईरहेको ग्रिनविच कप फुटबल टुर्नामेन्टको तैयारी विवरण समाजका अध्यक्षले प्रस्तुत गरेका थिए । यस कार्यक्रमलाई प्रायोजन गरेका व्यक्तित्वहरुको पूर्ण विवरण पनि पढेर सुनाएका थिए । समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङको प्रयासमा यसवर्षको ग्रिनविच कपका लागि राम्रो आर्थिक सहयोग सङ्कलन गर्न सफल भएको कुरा बैठकलाई जनाएको थियो । नेपाली यूथ एसोसिएशन यूकेका अध्यक्ष ह्यारी गुरुङले अन्तमा फुटबल टूर्नामेन्टबारे हालसम्मको प्रोग्रेसबारे संक्षिप्तमा जानकारी दिएकाथिए।अध्यक्षले सभा विसर्जन गर्नुअघि सल्लाहकार सुमल कुमार गुरुङले यस पटकको ल्होछारदेखि दक्षेपू तमुधिं लण्डनले प्रकाशन गर्ने स्मारिकाबारे स्मरण गराएकाथिए। पौने आठ बजे बेलुकी अध्यक्षले सभा विसर्जन गरेकाथिए। यस सभामा रात्री भोजको व्यवस्था समाजले गरेकोथियो।
प्रतिक्रिया