कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार (१४ वैशाख) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका छन् ।

उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ ।

यसैबीच, सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको पनि बैठक बोलाइएको छ ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिनुभयो ।