चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार: ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’अन्तर्गत नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार: ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’अन्तर्गत नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक


गर्मीलाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) ले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ ।कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडिया (CG Meridia) अन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल CGMRSF18Z05 बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको छ र अब उपभोक्ताले गर्मीमा अझ प्रभावकारी शीतलता प्राप्त गर्नेछन् ।

वृहत् पोर्टफोलियो : १५ वटा मोडलका साथ बजारमा निर्विवाद नेतृत्व

नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको छ। बजारमा सीजीको नेतृत्वलाई निम्न तीन तहको वर्गीकरणले थप पुष्टि गर्दछ-

  • प्रिमियम मेरिडिया सिरिज (३ मोडल) : अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन्।
  • सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल) : आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन्। यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्दछ।
  • शक्तिशाली फर्राटा फ्यान (३ मोडल) : औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली ‘फर्राटा फ्यान’ उपलब्ध छन्।

यसरी कुल १५ वटा मोडलहरूको यो विस्तृत रेन्ज नेपाली बजारमा अन्य कुनै पनि ब्रान्डको तुलनामा सबैभन्दा ठूलो छ, जसले हरेक वर्गका ग्राहकको बजेट र आवश्यकतालाई ‘कस्टमाइज्ड’ समाधान दिने सीजीको क्षमतालाई प्रमाणित गर्दछ।

नयाँ CGMRSF18Z05 का मुख्य विशेषताहरू :

नयाँ सार्वजनिक गरिएको १८ इन्चको यो मेरिडिया मोडलमा आधुनिक प्रविधि र उच्च कार्यक्षमताका निम्न विशेषताहरू समावेश छन्-

  • रोबस्ट एण्ड रिलायबल मोटर (Robust and Reliable Motor): लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ।
  • उच्च गतिको ११५० RPM: यस फ्यानमा ११५० RPM को उच्च गति रहेको छ, जसले प्रचण्ड गर्मीमा पनि तुरुन्तै शीतलता र राहत प्रदान गर्न सक्षम छ ।
  • १८ इन्चको स्विप (18″ Sweep): १८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ।
  •  वटा एल्युमिनियम ब्लेड (Aerodynamically Designed 5 Leaf Aluminium Blades): एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन्।
  • स्पीड कन्ट्रोल (4 Speed Control): उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन्।
  • वाइड एंगल ओसिलेसन (Wide Angle Oscillation): फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ।
  •  वर्षको मोटर वारेन्टी: गुणस्तरमा पूर्ण भरोसा प्रदान गर्न सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ।

विस्तृत बजार पहुँच  बिक्रीपछिको सेवा

‘हामी केवल सामान बेच्दैनौँ, ४० वर्षदेखिको भरोसा पनि बेच्छौँ’- सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए ।देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शोपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन  cgdigital.com.np मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन् । अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ । नेपालको बदलिँदो जलवायु र चर्को गर्मीको सामना गर्न सीजीका उत्पादनहरू अहिले केवल उपकरण मात्र नभएर एक ‘लाइफस्टाइल सोलुसन’ सावित भएका छन् । ‘Experience Life with CG’को नारालाई आत्मसात गर्दै सीजीले नेपाली उपभोक्तालाई प्रिमियम अनुभव, सुरक्षा र बचतको एउटै प्याकेज प्रदान गरिरहेको छ ।

advertorial